काठमाडौं । साताको पहिलो दिन नेप्से ४ दशमलव ९९ अंकले घटेर १,१६२ दशमलव ४३ को विन्दुमा कायम भएको छ ।
ट्रेडिङ, फाइनान्स, अन्य क्षेत्र र जीवन बीमाकोे उपसूचकमा बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको छ । दिनभरिमा १ सय ८१ कम्पनीको १५ लाख ५४ हजार ८ सय ९० कित्ता शेयर किनबेच हुँदा ४२ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा साल्ट ट्रेडिङका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने, सबैभन्दा धेरै प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।