IME Life New

उत्कृष्ट कार्यक्षमता भएका ३७ उपसचिव सहसचिवमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको निजामतिमा कार्यरत उपसचिव उत्कृष्ट कार्यक्षमताका आधारमा ३७ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् । जेष्ठताका आधारमा केही दिनअघि ३७ जना उपसचिवलाई बढुवा गरेको बढुवा समितिले उत्कृष्ट कार्यक्षमताका आधारमा ३७ उपसचिवलाई सहसचिवमा बढुवा गरेको हो ।

बुधबार बसेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयको बैठकले कार्यक्षमता मूल्याङकनका आधारमा नेपाल प्रशासन सेवाका ३७ जना उप सचिवलाई सह सचिवमा बढुवा सिफारिस गरेको जनाएको छ ।

Esewa
Crest

उत्कृष्ठ कार्यक्षमताका आधारमा सह–सचिवमा बढुवा हुनेहरुमा सुरेशप्रसाद नेपाल, भेषबहादुर कार्की, बैकुण्ठ निधि शर्मा, ध्रुवकुमार पोखरेल, भिमसेन तिमिल्सिना, शान्ता भट्टराई (अधिकारी), ध्रुव गैडा, कृष्णप्रसाद पराजुली, शैलजा रेग्मी (भट्टराई), सरोजप्रसाद गुरागाँई, बाबुराजा श्रेष्ठ, राजिव पोखरेल, शिवादेवी दाहाल, शम्भुप्रसाद मरासिनी, दिपकराज नेपाल, पुन्यविक्रम पौडेल, केशवप्रसाद विमली, ज्ञानप्रसाद ढकाल, शंकरहरि आचार्य, खेमबहादुर थापा, बासुदेव दाहाल, योगेन्द्रप्रसाद पाण्डे, शंकर नेपाल, हरिप्रसाद घिमिरे, दिपककुमार पहाडी, विदुरप्रसाद खनाल, कृष्णबहादुर बोहोरा, नरनाथ गिरी, कृष्णप्रसाद लम्साल, कुशहरि निरौला, ओमबहादुर खड्का, प्रदीपराज अधिकारी, अर्जुनकुमार शर्मा, हिरालाल रेग्मी, कविराज पौडेल, भूमिराज शर्मा र नरेशराज खरेल छन् ।

बढुवा सिफासिमा परेकाहरुरुले ३५ दिनपछि नियुक्ति पत्र पाउनेछन् । ५ दिनसम्म उजुर बाजुर गर्ने समय रहेका कारण त्यसपछि मात्रै उनीहरुले आधिकारीक रुपमा सहसचिव पदमा बढुवा हुने संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS