IME Life New

आँखुखोलाको ८ लाख कित्ता शेयर भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि साधारण सेयर (आईपीओ) भर्ने आज भदौ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ८० करोडमध्ये दश प्रतिशतले हुने शेयर उद्योग प्रभावित क्षेत्र धादिङका सम्पूर्ण बासिन्दाको लागि बिक्री गरेको छ ।

यो आयोजनाले आयोजनाको कार्यालय र १५ वटा वित्तीय संस्थासहित धादिङको १६ स्थानबाट आइपीओको आवेदन दिन पाइने जानकारी दिएको छ । यसको शेयरका लागि न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आइपिओपछि बढेर ८० करोड पुग्नेछ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS