IME Life New

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ३३ करोड ३० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा ३३ करोड ३० लाख ८४ हजार रूपैयाँ खुद नाफा गरेको छ  अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २७ करोड ६२ लाख ७ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमास सम्ममा ६३ करोड ८१ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा २४ करोड ६८ लाख रूपैयाँले बढाएर ८८ करोड ४९ लाख रूपैयाँ पुर्याएको छ ।

Esewa
Crest

गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा कम्पनीले ४४ करोड ७३ लाख खुद दाबी भुक्तानी गरेको छ ।अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ३७ करोड दुई लाख रूपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको थियो।

कम्पनीको कुल बीमा शुल्क एक अर्ब ८३ करोड रूपैयाँ छ । हालसम्म चार हजार १४ दाबी वापत ३२ करोड ५२ लाख रूपैयाँ दावी भुक्तानी गरेको छ भने एक हजार ९६६ दाबी वापत ३७ करोड ६४ हजार रूपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । हालसम्म कम्पनीले ९९ हजार १६९ बीमा लेख जारी गरेको छ भने ४२ हजार ८२५ बीमालेखहरू नवीकरण गरिएको छ ।

५३ करोड ८२ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ५१ करोड ७८ लाख, बीमा कोषमा ४८ करोड ८७ लाख, महाविपत्ती जगेडा कोषमा सात करोड ९३ लाख रूपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ६१ रूपैयाँ ८८ पैसा छ । प्रति शेयर नेटवर्थ ३०१ रूपैया ७४ पैसा, मुल्य आम्दानी अनुपात २१.६६ गुणा र प्रति शेयर कुल सम्पतिको मूल्य ६५६.५० रूपैया  रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS