काठमाडौं । साताको दोस्रो दिन नेप्से १३ दशमलव ५१ अंकले बढ्दा परिसूचक ११४८ दशमलव ८९ बिन्दुमा कायम रहेको छ । १७३ वटा कम्पनीको १४ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर ४६ करोड ४२ लाख रुपैयाँभन्दा बढी कारोबार भएको छ ।
अन्य क्षेत्र र म्यसचअल फन्ड बाहेक सबै क्षेत्रको परिसूचमा हरीयाली छाएको छ । नेपाल बैंकको शेयर कारोबार सबैभन्दा धेरै भएको छ । कम्पनीको २ करोड २८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नाडेप लघुवित्त वित्तिय संस्थाको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। नबिल इक्विटी फन्डकाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ।