IME Life New

सातै प्रदेशमा अपाचे आरटिआरको नयाँ बाईक सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । जगदम्बा मोटर्सप्रा.लि.ले नेपालमा आधिकारिक रुपमा बिक्रीवितरण गर्दै आएको टु ह्वीलर मोटरसाईकल टिभिएस अपाचे सिरिज मुख्य प्रायोजक रहेको टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन दुईले सातवटै प्रदेशमा कार्यक्रम सम्पन्न गरेको छ ।

Esewa
Crest

देशलाई सँगीतको माध्यमबाट जोड्ने प्रयासका साथ गत कार्तिक २० गतेदेखि शुरु गरिएको यो कार्यक्रम यही मंसिर ४ गते सम्पन्न भएको हो ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमालको साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई लगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुतिद्वारा उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

टिभिएस अपाचे सिरिज सप्तरङ्ग सिजन २ को साँगीतिक वातावरणमा झुम्न भेला भएका दर्शकहरुका सामू अपाचे आरटिआर १६० २ भि रेस इदिसन दबल दिस्क मोटरसाईकल सार्वजनिक गर्न पाउने एक अवसर पाएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए ।

१ नं प्रदेशको विर्तामोडबाट आरम्भ भएको यो कार्यक्रम वीरगन्ज, चितवन, नेपालगन्ज, सुर्खेत, महेन्द«नगर, हुदैे पोखरामा समाप्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS