काठमाडौं । आज मङलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । नेप्से ० दशमलव ९१ अंकले घटेर १,१०९ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ र हाइड्रोपावर बाहेक सबै उपसूचक घटेका छन् सबैभन्दा धेरै १६ अंकले उत्पादनमुलक समुह घटेको छ ।
दिनभरिमा १ सय ६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर किनबेच हुँदा २९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल इन्भेष्मेन्ट बैंक प्रोमोटर शेयरको ५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सिटिजन्स बैंक प्रोमोटर शेयरको ३ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंक, एनएमबि बैंक र एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ७० लामाथिको कारोार भएको छ ।
आज सबैभन्दा धेरै साल्ट ट्रेडिङका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।