काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । तसर्थ मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् । कम्पनीले मंसिर ११ गते एजीएम बोलाएको छ ।
कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
कम्पनीले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।