काठमाडौं । आईपिओ निष्काशन गर्न लागेको ग्रिनलाइफ हाइड्रोपावरले रेटिङ कम्पनीबाट कमजोर रेटिंङ पाएको छ । केयर नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
जस मध्ये १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो ।
शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । कम्पनीले २५ मेगावाट क्षमताको खानी खोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।