Connect IPS
IME Life

नविकरण नगर्दा दुई बीमा कम्पनीसहित ७६ कम्पनीको कारोबार रोकियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । निर्धारित समयमा शुल्क तिरेर नेप्सेमा नविकरण नगर्दा दुई बीमा कम्पनीको शेयर कारोबार रोकिएको छ । आइतबार प्रभु इन्स्योरेन्स कम्पनी र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको कारोबार प्रभावित भएको छ । नेप्सेमा शुल्क भुक्तानीमा ढिलाई दुई बीमा कम्पनीसहित ७६ वटा कम्पनीको कारोबार रोकिएको नेप्सेले जनाएको छ ।

दुई बीमा कम्पनीसँगै ८२ वटा कम्पनीले शुल्क तिरेका थिएनन् । शुल्क नतिर्ने सबै कम्पनीको कारोबार रोकिएको भन्दै नेप्सेले गत शुक्रबार नै सूचना जारी गरेको थियो । यद्यपि आईतबार विहानै छ वटा कम्पनीले शेयर कारोबार खुल्नु अगावै शुल्क तिरी नविररण गरेपछि कारोबार सुचारु भएको थियो ।

Prabhu
Crest

आइतबार कारोबार खुल्नुअघि नवीकरण शुल्क बुझाएका कम्पनीको कारोबार शुरु भएको छ । ग्रीन डेभलपमेन्ट बैंक, कामना विकास बैंक, सिर्नजी फाइनान्स, गुराँस लघुवित्त, इन्फिनीटी लघुवित्त, एनएमबी माइक्रोफाइनान्सले मात्रै नविकरण शुल्क बुझाएका हुन् । नविकरण शुल्क नबुझाएका कम्पनीहरुको भने कारोबार रोक्का नै छ । केहीले आजै अपरान्ह बुझाएर कारोबार खुल्ला गरेका छन् ।

कारोबार रोक्का भएका कम्पनीले सुचीकरण दस्तुर बुझाउने वित्तिकै कारोबार हुने छ । नेप्सेले शुक्रबार ८२ कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का गरेको थियो । बाँकी ७६ वटा कम्पनीको आइतबार कारोबार हुन सकेन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS