IME Life New

असोजमै भिषण असिना, पाकेका धान, कोदो, फापर र फलफूल नष्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलाका १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ ।

असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैँका दिन मंगलवार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो ।

Esewa
Crest

असिनाका कारण सयौँ किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो । ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा–२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए ।असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी रहेको छ भने दाना एउटा पनि छैन ।

बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए । वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण संकलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ । सो क्षेत्रका किसानले बाली बीमा नगरेका अनुमान गरिएका कारण बीमा दावी पर्ने वा नपर्ने एकिन हुन सकेको छैन । -रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS