काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दशैं र साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सुधार देखिएको छ बिहीबार नेप्से ८ दशमलव ६९ अंकले बढेर ११४९ दशमलव ४० बिन्दूमा पुगेको छ ।
कुल १५३ वटा कम्पनीको ६ लाख ४७ हजारभन्दा बढी कित्ता शेयर साढे १७ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।फाइनान्स क्षेत्र बाहेक सबै समूहको परिसूचक बढेको छ ।यस दिन सोल्टी होटलको कारोबार उच्च भएको छ । कम्पनीको ३ करोड १३ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ।
त्यस्तै बिहीबार युनिलिभर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।त्यस्तै युनाइटेडका फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।