काठमाडौं । साताको चौथो दिन नेप्से ओरालो लागेको छ । बुधबार नेप्से ४ दशमलव ९८ अंकले घटेर ११४० दशमलव ७१ बिन्दूमा झरेको छ ।
कुल १६१ वटा कम्पनीको सात लाख ८५ हजारभन्दा बढी कित्ता शेयर २० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।कारोबारमा भएका समूहमा अन्य र म्युचअल फन्डबाहेक सबै समूहमा गिरावट आएको छ ।
बैंक आफ काठमान्डू शेयर कारोबार उच्च भएको छ । कम्पनीले यस दिन २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य छ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यस्तै हिमालयन पावर पार्टनरका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।