IME Life New

५६ .१५ प्रतिशतले चुक्ता पूँजी बृद्धि गर्नुपर्ने बाध्यतामा एनएलजी इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाइ आर्थिक वर्ष २०७४/७५  भित्र  रु. एक अर्ब चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो ।

समितिले निर्देशन दिएअनुरुप धेरै इन्स्योरेन्स कम्पनीहरुले रु. एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यता रहेको छ । यसरी पूँजी पुर्याउन बाँकी रहेको कम्पनीमा एनएलजी इन्स्योरेन्स पनि एक हो । यस कम्पनीले एक अर्ब चुक्ता पुँजी पुर्याउन थप ५६.१५ प्रतिशत अर्थात रु. ३५ करोड ९५ लाख १४ हजार बराबरको पूँजी थप गर्नुपर्ने देखिन्छ ।

Esewa
Crest

कम्पनीको हालको चुक्ता पूँजी रु चौसठ्ठी करोड चार लाख छ हजार रहेको छ । अब, चुक्ता पूँजी बोनस शेयरबाट मात्र पुर्याउन सक्ने स्थिति प्रकाशित बित्तिय विवरण बाट देखिदैन त्यसैले हकप्रद बिक्रि गर्नै पर्ने बाध्यतामा कम्पनि रहेको  अनुमान गर्न सकिन्छ।

कम्पनीको जगेडा तथा कोष चौध करोड चार लाख असि हजार रहेको छ। बीमा कोष एकहत्तर करोड पन्ध्र लाख सतहत्तर हजार रहेको छ ।  खूुद नाफा आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा  छब्बिस करोड चार लाख उनासी हजार रहेको छ।

बीमा शुल्क खूद अठहत्तर करोड अठ्ठाइस लाख उनासी हजार रहेको छ भने बीमा शुल्क कुल एक अर्ब एकाउन्न करोड सत्र लाख पचासी हजार, जारी बीमालेखको संख्या एक लाख सतसठ्ठी हजार चार सय एकसठ्ठी वटा ,नविकरण गरिएको बीमालेखको संख्या तेत्तिस हजार चार सय अठ्चासिल वटा, कुल दाबी भुत्तानी रकम एक अर्ब अठ्ठाइसबयासी करोड एकहत्तर लाख एकचालीस हजार, कुल दाबी भुत्तानी संख्या पाँच हजार तीन सय वटा, भुत्तानी हुन बाँकी दाबी रकम साठ्ठी करोड नौ लाख अन्ठाउन्न हजार , भुत्तानी हुन बाँकी दाबी संख्या एक हजार छ सय चवालिस वटा रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी रु.४०.६७ रहेको छ भने मूल्य आम्दानी अनुपात २२.८७ गुणा र प्रति शेयर नेटवर्थ रु.२३ ९.६४ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS