IME Life New

सबै निर्जिवन बीमा कम्पनीलाई समितिको निर्देशन, सहिद परिवारलाई दुर्घटना बीमामा सहुलियत दिनु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीहरुलाई मंगलबार एक निर्देशन जारी गर्दै शहिद परिवारलाई लोकतन्त्र स्थापनामा जीवनको आहूति दिने सबै सहिदहरुका परिवारलाई दुर्घटना बीमामा सहुलियत प्रदान गर्न निर्देशन दिएको छ ।

बीमा समितिले मंगलबार सबै कम्पनीको नाममा निर्देशन जारी गर्दै सम्पुर्ण शहिद परिवारलाई सहुलियत दरमा दुर्घटना बीमालेख जारी गर्न र गराउन निर्देशन दिएको हो । बीमक संघले शहिद परिवारलाई सहुलियत दरमा बीमा प्याकेज तयार गरेर बीमा समितिमा पेश गरेपश्चात् बीमा समितिले पत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

Esewa
Crest

शहिद परिवारलाई सहुलियतमा बीमा सुविधा प्रदान गर्ने सम्बन्धी अर्थमन्त्रालयको पत्रको आधारमा बीमा समितिको निर्देशन बमोजिम बीमक संघले सात लाख रुपैयाँसम्मको दुर्घटना बीमाको मोडालिटी तयार गरेको हो ।

सहुलियत बीमाशुल्कको बिशेषता

समितिले तयार गरेको बीमालेखमा प्रतिलाख एक सय दरले सात लाखको कूल सात सय रुपैयाँ प्रिमियम राखेका र त्यसमा ५० प्रतिशत छुट दिएको छ । जसमा बीमा गर्न चाहने अर्थात शहिद परिवार स्वयम बीमा कम्पनीमा बीमा गर्न गएमा थप १० प्रतिशत छुट दिइने भएको छ । छुट गरी हुन आउने ३१५ मा हुलदंगा आतंकवाद थप्दा प्रतिव्यक्ति ३८५ रुपैयाँमा बीमा गर्न सकिने यस बीमालेखमा उल्लेख छ ।

बीमालेख रक्षावरणहरु

दुर्घटना भएको १८३ दिनभित्र दुर्घटनाको कारण पेश गरेमा रक्षावरण गर्न व्यवस्था गरिएको छ । कम्पनीले मृत्यु भएमा, स्थायी वा पूर्ण अशक्तता भएमा, निको नहुने गरि दुवै आँखा दृष्टि पूर्ण रुपमा क्षती भएमा, दुवै हातको नाडी वा एउटा खुटाको गोली र गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दुष्टि पूर्ण रुपले क्षती भएमा ७ लाख सम्मकोे बीमा सुविधा प्राप्त गर्न सक्नेछन ।

त्यस्तै एउटा आँखा पूर्ण रुपले क्षती भएमा, एउटा हातको नाडी वा एउटा खुटाको गोली र गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरि क्षति भएमा, बोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा, दुवै कान सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा, एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा, हातको बुढी औला पूर्ण रुपले क्षती भएमा, अन्य कुनै अंगंभग भएमा औषधोपचार खर्चको हकमा बीमांकको १० प्रतिशतको हदमा नबढ्ने गरि आवश्यक तथा वास्तविक औषधोपचार खर्च, दुर्घटनाबाट चोटपटक लागेको अवस्थामा बीमितले अन्य वा कुनैपनि बीमाबाट निजको औषधोपचार खर्च बापत दाबी भुक्तानी पाउने प्रमाणित भएमा बीमकले भुक्तानी गर्दा बीमितको विवरण सूचीमा उल्लेखित सम्बन्धित बीमितको बीमाङ्कको समानुपातिक हिसाबले भुक्तानी गर्ने यस बीमालेखमा उल्लेख छ । साथै यस्तो अवस्थामा बीमकले एक लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी नगर्ने बीमालेखमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS