IME Life New

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै, ओखलढुंगामा पनि शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ओखलढुंगा । स्वास्थ्य बीमा बोर्डले ओखलढुगां जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । बोर्डले असोज ७ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।

उक्त कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोख्रेल, जिल्लाका आठैवटा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकाय, ओखलढुंगाका सघिंय सांसद यज्ञराज सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा बोल्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेश पोख्रेलले बीमा सम्बन्धि तीनदिनको आधारभुत तालिम पछि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न सबै स्थानीय तहका हरेक वडामा दर्ता सहयोगी जनशक्ति राखिएको बताए ।

सोही कार्यक्रममा सघिंय सांसद यज्ञराज सुनुवारले स्वास्थ्य बीमा गरि जिल्ला मै स्वास्थ्य बीमा गराउने पहिलो ब्यक्ति बनेका छन् । सुनुवार लगायत सिद्धिचरण नगरपालिकाका पमुख मोहन कुमार श्रेष्ठ र उप-प्रमुख ईच्छाकुमारी गुरुङले पनि स्वास्थ्य बीमा गराएका थिए ।

सबै नेपालीलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्यका साथ सरकारले २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रममा हालसम्म ४९ जिल्ला समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS