IME Life New

ब्रोकरको कमिशन तोक्न धितोपत्र बोर्डद्वारा समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ट्रस्टी ऐन तथा ब्रोकरहरुको सेवाशुल्क र संस्थागत सामाजिक उत्तरदायित्वको अध्ययन गर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै उक्त सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न दुई वटा समिति गठन गरेको जनाएको छ ।

बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने लिने सेवाशुल्क (बोक्रर कमीसन) सम्बन्धमा अन्तराष्ट्रिय अभ्यास पनि अध्ययन गरी सुभाव पेश गर्न समितिलाई निर्देशन दिएको छ । बोर्डले पूँजी बजार विकासका लागि उच्चस्तरीय कार्यदलले दिएका ५८ बुँदे सुझाव र मुद्रा तथा पूँजी बजार सम्बन्धि सरकारी कार्यदलले दिएको सुझाव कार्यान्वयनमा लैजान अध्ययन समिति गठन गरेको हो।

Esewa
Crest

बोर्डले धितोपत्र व्यवसायीहरुले लिने सेवा शुल्क पुनरावलोकन गर्न बोर्डको नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उपकार्यकारी निर्देशकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको बोर्डले जनाएको छ । यस्तै ट्रस्टी ऐन सम्वन्धी कार्य अगाडि बढाउन बोर्डका नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

धितोपत्र व्यवसायीहरुले लगानीकर्ता साक्षरता अभिवृद्धि गर्ने र लगानीकर्ता साक्षरता अभिवृद्धि गर्न ब्रोकरहररूले आफ्नो मुनाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने व्यवस्था मिलाउने सम्बन्धमा पनि सुझाव पेश गर्नेछ ।

यसैगरी सामूहिक लगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य व्यवस्थित गर्न ट्रस्टी ऐन तर्जुमा गर्न बोर्डका नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

Scanned Image

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS