IME Life New

सेयर बजारमा सामान्य सुधार, कारोबार १७ करोड माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सामान्य सुधार आएको छ । सोमबार नेप्से १ दशमलव ७३ अंकले बढेर ११४० दशमलव ९४ बिन्दूमा पुगेको छ ।

कुल १७० वटा कम्पनीको ७ लाख ४३ हजारभन्दा बढी कित्ता शेयर १७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।जलविद्युत, फाइनान्स र म्युचअल फन्ड बाहेक सबै समूह बढेका छन् ।

Crest

प्रभु बैंकको सबैभन्दा धेरै शेयर किनबेच भएको छ । कम्पनीको १ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।त्यस्तै शिवम् सिमेन्टको पनि कारोबार उच्च रहेको छ । यस कम्पनीको शेयर १ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ । तर, युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS