IME Life New

बीमा कम्पनीलाई आचार संहिता लागू हुँदै, बीमित, सर्भेएर, कर्मचारी र कम्पनी कारवाहीको दायराभित्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुको साझा संस्था नेपाल बीमक संघले आबद्ध सदस्यहरुलाई आगामी संविधान दिवस अर्थात असोज ३ गतेदेखि नयाँ आचार संहिता लागू गर्ने भएको छ । संघले बीमा क्षेत्र प्रतिस्पर्धी बन्दै गर्दा अस्वस्थ्य प्रतिस्पर्धा बढेको भन्दै गुनासोहरु बढिरहेको सन्दर्भमा संघको नेतृत्वमा कडा आचार संहिता तयार गरी लागू गर्न लागिएको हो ।

गत मंगलबार काठमाडौंको होटल याक एण्ड यतिमा बसेको बीमक संघको बैठकले ‘निर्जिवन बीमा कम्पनीहरुको आचार संहिता २०७६’ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ । नयाँ आचार संहितामा बुधबार राति अबेरसम्म १८ जना वटा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरिसकेका छन् भने दुई जनाले हस्ताक्षर गर्न बाँकी छ । उनीहरुको पनि सहमति रहेको र समयाअभावको कारण हस्ताक्षर हुन नसकेको बीमक संघले जनाएको छ ।

Esewa
Crest

बीमक संघका सचिव चंकी क्षेत्रीले कार्यदलले तयार गरेको मस्यौदामाथि छलफल भई पारित गरिएको बताए । उनले भने, ‘बीमा समितिको गाइडलाईभित्र बसेर आचार संहिता तयार गरिएको हो । बीमा क्षेत्रको व्यवसायिक मर्यादा अभिबृद्धिका लागि संहिताले सहयोग गर्नेछ ।’

विगत १५ दिनदेखि नयाँ मस्यौदाको अभ्यासमा रहेको संघले जारी गरेको आचार संहितामा बीमित, सर्भेयर, बीमा कम्पनीका कर्मचारी तथा बीमा गर्ने कम्पनी अर्थात बीमकलाई समेत कारवाहीको दायरामा ल्याएएको छ । बीमितलाई कालोसूचिमा राख्ने, सर्भेयर र कर्मचारीलाई कारवाही गर्ने तथा कम्पनीलाई संघबाट निष्काशन गर्ने तथा सदस्यता निलम्वन गर्नेसम्मको कारवाहीको दायरामा राखिएको छ ।

संघले लागू गर्न लागेको आचार संहितामा बीमा बिमक, बिमित तथा सर्भेयरसमेतलाई दायरामा राखिएको छ । बीमितको हदलाई झूठा दावी, पटक पटक दावी र नक्कल बीमा दावीलाई संहिताभित्र समेटेर कालोसूचिमा राखेर कुनै पनि बीमा कम्पनीले बीमा नगर्ने व्यवस्था गरिएको छ । त्यस्तै आचार संहितामा कुनै पनि बीमा कम्पनीले गरेको गलत कामको सम्बन्धमा बीमक संघमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

बीमा आचार संहिता यतिसम्म कडाई गरिएको छ कि, एक कम्पनीले अर्को कम्पनीका विरुद्धमा दुष्प्रचार गर्न पाइने छैन । आचार संहितामा भनिएको छ, ‘बीमितसँग व्यवसायको सिलसिलामा कुनै पनि बीमक वा त्यसका प्रतिनिधिले अर्को बीमकको विरुद्ध कुनै नकारात्मक सन्देश दिने, नकारात्मक टिप्पणी गर्ने, अर्को बीमकका बिरुद्ध गलत सन्देश दिई व्यवसाय भड्काउने, आफूले लिने कार्य गर्नु गराउनु हुँदैन ।’

बीमा आचार संहिता अन्तर्गत अब बीमा कम्पनीका कर्मचारीहरुलाई अर्को कम्पनीले सजिलै भर्ना गर्न समेत पाइनेछैन । पुरानो कम्पनीबाट क्लीयरेन्स पत्र पाएको एक महिनापछि मात्रै अर्को कम्पनीमा नियुक्त दिन पाइनेछ । नयाँ लागू हुन लागेको बीमा आचार संहितामा बीमा समितिले तोकेको बीमा शुल्क पूर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख छ भने नन ट्यारिफको हकमा बीमक संघले दीग्दर्शन बनाएर सोही बमोजिम गर्ने जनाएको छ ।

नयाँ बीमा आचार संहिताले निर्जिवन बीमा बजारमा भइरहेको गलत प्रवृत्तिलाई नियमन गर्ने विश्वास लिइएको छ । बीमा क्षेत्रमा सुधारका लागि लागू हुन लागेको आचार संहिता शक्तिको आडमा प्रभाव हुनेले हरेक कुरा छुट पाउने र इमान्दार र साना कम्पनीलाई मात्रै कस्ने नीति हुन नदिन सबै एकजुट हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS