IME Life New

७५३ सरकारविरुद्ध संसदमा कुर्लिए अर्बपति बिनोद चौधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । फोब्स म्यागेजिनमा सूचिकृत नेपालका एक मात्र अर्बपति बिनोद चौधरीले संसदमा ७५३ स्थानीय सरकारका विरुद्धमा कडा अभिव्यक्ति दिएका छन् । उनले डोजर र व्यक्तिगत सवारी साधन किन्नका लागि उद्योगी तथा व्यापारीलाई चर्को कर लगाएर धराशायी बनाएको आरोप लगाए ।

चौधरी हाउसका मालिक बिनोद चौधरीले ७५३ वटै सरकारलाई जनताको ढाड सेक्ने गरी कर लगाएर देशको अर्थव्यवस्था ध्वस्त पारेको आरेप लगाएका छन् ।

Esewa
Crest

आईतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै चौधरीले यस्तो आरोप लगाएका हुन् ।

सांसद चौधरीले सरकारको साधारण खर्च चलाउन उद्योगी ब्यापारीसँग चर्को राजस्व असुल गर्दै उद्योग ब्यापारलाई धरासायी बनाइएको दाबी गरे ।सरकारकै कर नीतिका कारण अहिले देशमा उद्योग धन्दा सञ्चालन हुन नसकेर आयात बढेको कुरामा उनले जोड दिए । चौधरीले भने, “मुलुकका केन्द्रदेखि स्थानीय तहसम्मका ७ सय ६१ सरकारलाई धेरै पैसा चाहिएको र अर्थमन्त्रीलाई पैसा र्पुयाउन नयाँ नयाँ करको क्षेत्र खोज्नुपर्ने बाध्यता रहेको छ ” करलाई उत्पादनसँग जोड्न र ब्यापारलाई प्रतिस्पर्धी बनाउन सरकारले ध्यान नदिएको उनले बताए ।

सरकारकै कर नीतिका कारण अहिले देशमा उद्योग धन्दा सञ्चालन हुन नसकेर आयात बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS