IME Life New

सफलताको कथाः चौतारी लघुवित्तले बदलेको घर्तिमगर दम्पतीको आर्थिक जीवन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लेखपढ पनि थोरै थियो, हातमा केही सिप थिएन । देशकै विकट क्षेत्र रोल्पाको पनि विकट घर्तीगाउँमा घर । परिवारको आर्थिक अवस्था पनि कमजोर । शिक्षा, सिप र आर्थिक अवस्था निम्नस्तरबाट गुज्रिए पनि रोल्पाको माडी गाउँपालिका- २ घर्तिगाउँ बजारमा बस्दै आएकी शुशिला घर्तिमगरले हार भने कहिल्यै मानिनन्, बरु दुःख, संघर्ष र चट्टाने अभावलाई छिचोल्दै अघि बढ्दा एक दिन खुशी आउँछ भन्ने दृढता उनमा थियो ।

सानै उमेरमा विवाह भयो, खेतवारी थोरै, भएको जग्गामा पनि उब्जाउ कम, विवाह भएपछि घर व्यवहार चलाउन धौ–धौ परेको अवस्थामा फेरि शुशिलालाई अर्को बोझ थपियो । एक सन्तान जन्मियो, जसोतसो गरी घर चलाउदै आएकी उनको फेरी अर्को सन्तान पनि जन्मियो ।

Esewa
Crest

अब उनलाई घर व्यवहारले झन् पिरोल्न थाल्यो । श्रीमान र श्रीमती मात्र हुँदा त विहान–बेलुकाको छाक टार्न धौ–धौको अवस्था थियो भने अब सन्तान थपिएका छन् । ती सन्तानको लालनपालन र शिक्षा–दीक्षाले उनलाई झन चिन्तित बनायो । श्रीमानको पनि केही जागिर छैन, खेतवारीमा काम गरेर खान पुग्ने अवस्था पनि उनीहरुको अगाडि भएन । भएका तीन छोराछोरीलाई खाना, लाउन, शिक्षाको लागि अब हम्य हम्य पर्न थाल्यो । एक छाक मिठो–मसिनो खानलाई पनि गाह्रो भयो । हुने खानेले पत्याएनन् । खेतवारीबाट काम गरेर व्यवहार चलाउने अवस्था रहेन । घर्तिमगर दम्पती अन्योलमा परे । अब के गर्ने ?

एक दिन शुशिलाको श्रीमान रण बहादुरले केही व्यवसाय गर्ने योजना बनाए । श्रीमानले बनाएको योजनालाइ शुशिलाले कहाँ नकार्न सक्थिन र ? उनीहरु दुवैको सल्लाहमा व्यापार–व्यवसाय गर्ने निर्णयमा रण बहादुरले इलेक्ट्रोनिक पसल घर्तिगाउँ बजारस्थित आफ्नै सानो घरमा शुरु गर्ने निधो गरे र व्यवसाय सरु गरि पनि हाले ।

इलोट्रोनिक पसलको आम्दानीले एक छाक खान र छोरा छोरीलाई पढाउन जसोतसो चल्थ्यो । उनले चार बर्षसम्म त्यही इलोट्रोनिक पसल संचालन गरे । त्यही पसलबाट सन्तानलाई पढाउने लेखाउने र साँझ बिहान दुई छाक टार्न ठिक्क हुन्थ्यो । त्यसपछि छोराछोरी झन हुर्कदै गए उनले एक्लैले संचालन गरेको पसलबाट छोराछोरीलाई पढाउन र एक छाक मिठो खान नपुग्ने अवस्था सिर्जना भयो । आवश्यकताहरु थपिदै गए आम्दानी भने सीमित थियो ।

घर गृहिणी सम्हाल्दै आएकी शुशिलालाई दिनदिनै घर व्यवाहारले पिरोल्न थाल्यो, के गर्ने हो ? कसरी छोराछोरी पढाउने होला ? उनले सोचिन अव मैले पनि केही गर्नुपर्छ । उनले फेन्सी पसल सञ्चालन गर्ने योजना बनाइनन् । तर, पैसा छैन् जसोतसो सापटी लिएर आफ्नो इलोट्रोनिक पसल नजिकै रहेको सटर भाडामा लिएर फेन्सी पसल शुरु गरिन् ।

इलोट्रोनिक पसल र फेन्सी पसलसंगै गर्दा दैनिकीमा सहज आउँन थाल्यो । उनीहरुलाई खान, लगाउन र छोराछोरी पढाउन सहज वातावरण बन्दै आयो । केही समयपछि इलोट्रोनिक पसलभन्दा फेन्सी पसलमा राम्रो चहलपहल हुन थाल्यो त्यसपछि दुवै जना इलोट्रोनिक पसल छोडेर फेन्सी पसलतर्फ लागे ।

केही भएपनि उनीहरुलाई आर्थिक अवस्थामा सुधार आउँदै थियो । छोराछोरी हुर्कदै थिए । सधैं अभाव र दुई छाकका लागि संघर्ष गर्दै गरेका घर्तिमगरको जीवनमा बल्ल खुशी आउन के लागेको थियो, सहिदमार्ग सडकखण्ड सडक विस्तारको क्रममा सानो रहेको बासस्थान कच्ची घर पनी भत्कियो । अब शुशिला र रण बहादुर झनै अन्योलमा परे । आफुले हेर्दा हेर्दै सडक आयोजनाले घर भत्काएपछि उनीहरुको घर न घाटको भए ।

चौतारी लघुवित्त बन्यो घर्तिमगर दम्पतीको सारथी
२०७४ साल कात्तिकमा चौतारी लघुवित्तको शाखा घर्तिगाउँमा स्थापना भयो र उनीहरुले सोही शाखाको शाखा प्रबन्धक धर्मजित ओलीसँग सल्लाह सुझाब लिए । उनीहरुले सुनेका थिए लघुवित्तले कर्जा दिएर केही गर्न सकिन्छ भन्ने । अनी आफ्ना सपनाहरु केलाउदै चौतारी लघुवित्तको ढोकामा पुगे र चौतारी लघुवित्तका उनै ओलीसँग कसरी अघि बढ्ने सल्लाह सुझाव र साथ खोजे ।

चौतारीले त्यस्तो अवस्थाको मान्छेलाई कर्जा नदिने त कुरै भएन तर, शाखाको व्यवस्थापनमा दुई महिना लाग्ने भएकाले त्यो दुई महिना उनीहरुको लागि औसीको रात नै बन्न पुग्यो । जसोतसो दुई महहिना बिताए ।

सोही वर्षकै पुष महिनामा चौतारी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घर्तिगाउँका कर्मचारी पुर्ण बहादुर रोकायमार्फत प्रगतिशिल चौतारी महिला विकास केन्द्र नं. ०१० सदस्यता नं. ०३००१००१३ मा शुशिला घर्र्तिमगर आबद्ध भइन् । त्यसपछि उनको खुशी फर्कन थाल्यो । उनले सदस्यता लिएर घरमा आइन र चौतारी लघुवित्त वित्तिय सेवा सुविधा तथा कर्जा नीतिमा रहेको धितो कर्जा अन्तर्गतको आवास कर्जा निकाल्ने श्रीमानसँग सरसल्लाह गरिन् ।

उनीहरुले सहिदमार्गबाट बचेको जग्गा चौतारी लघुवित्त वित्तिय संस्थामा धितो राखेर सात लाख रुपैयाँ कर्जा लिई नपुग रकम ऋणपान गरी सोही जग्गामा घर बनाउन शुरु गरे । उनीहरुले चार तलाको घर निर्माण गरे । उक्त घर निर्णण पछि उनीहरुले आफ्नै घरमा पहिलेकै फेन्सी पसल गर्दै आएका छन् । अहिले उनीहरुको उक्त पसलबाट वार्षिक चार लाख ८० हजार रुपैयाँसम्म व्यापार हुने गरेको छ ।

रण बहादुर भन्छन्, समयको खेल, कुनै बेला एक छाक टार्न धौ–धौ परेको अवस्था थियो तर आज हाम्रो गाउँमा चोतारी लघुवित्तको शाखा आएर हामीलाई राहत दियो, अगाडि बढ्ने बाटो खोलिदियो, हौसला दियो अनि साथ दियो । हामी जस्तो हजारौ पीडितलाई उद्धार गर्ने चौतारी लघुवित्त हाम्रो लागि भगवान सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS