IME Life New

नाडा अटो शोमा सिद्धार्थ इन्स्योरेन्सले सोलो व्यापार–प्रबद्र्धन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गाडी कम्पनीहरुको कुम्भ मेला मानिने ‘नाडा अटो शो’मा सिद्धार्थ इन्स्योरेन्सले सिंगल (सोलो) रुपमा बीमाको व्यापार तथा प्रबद्र्धन गर्ने भएको छ । यही भाद्र १० अर्थात भोलिबाट सुरु हुने नाडा अटो शोमा स्टल राख्ने सिद्धार्थ इन्स्योरेन्स एक्लो बीमा कम्पनी हो । नाडा अटो शोको ५५ नम्बरको स्टलमा सिद्धार्थ इन्स्योरेन्स रहेन नाडाले जनाएको छ ।

सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले इन्स्योरेन्स खवरसँग भने, ‘हामीले व्यापार गर्न भन्दा पनि व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले स्टल राखेका हौं ।’ यस पटकको नाडा अटो शोमा सोलो व्यापार गर्ने मौका पाएको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गाडी बुकिङ गर्न आउने ग्राहकको दिमागका क्लीक गराउने उद्देश्यले मेलामा सहभागी हुन लागेको सिईओ बैदावार क्षेत्रीले बताए । मेलामा सहभागी पश्चात ठूलो मात्रामा व्यापार हुनेभन्दा पनि एउटै छाना मुनी हुन लागेको मेलामा सहभागी भएर कम्पनीको ब्राण्डिङ र व्यवसाय दुवैमा फाइदा पुग्ने विश्वास लिएको सिद्धार्थ इन्स्योरेन्सका सिईओ बैदावारले बताए ।

Esewa
Crest

बीमाको व्यवसायमा यातायात क्षेत्रको ठूलो योगदान रहेको छ । निर्जिवन बीमा कम्पनीहरुका लागि सबैभन्दा ठूलो प्रिमियम संकलन हुने क्षेत्र मध्ये यातायात पनि एक हो । भोलिबाट काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०१९ सुरु हुँदैछ । गाडी खरिदकर्ता र बिक्रीकर्ताहरुको भव्य जमघट हुने हुँदा नाडा अटो शो गाडी सवारी साधन र यससँग सम्बन्धी कम्पनीहरुका लागि निकै महत्वपूर्ण छ । नेपालको प्रचलित कानुन अनुसार सवारी साधन खरिदसँगै तेस्रो पक्ष बीमा गर्नु अनिवार्य छ । नाडा अटो शोमा अप्रत्यक्ष रुपमा बीमाको पनि कारोबार तथा प्रबद्र्धन हुने गर्दछ ।

भदौ १० अर्थात मंगलबारदेखि काठमान्डौमा गाडीहरुको ’कुम्भ मेला’ मानिने नाडा अटो शो’ हुँदैछ । मेलामा चारपांग्रे, दुई पांग्रे, विद्युतीय स्कुटर, स्पेयर पाट्र्स, टायरसँग सम्बन्धित कम्पनी कूल ९५ ब्राण्डको सहभागिता रहने नाडाले जनाएको छ । जसमा १३ वटा बैंक र एउटा बीमा कम्पनीको स्टल समेत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS