काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।सोमबार नेप्सेमा कम्पनीको ४९ लाख ५ हजार ६०० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ८४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा इन्स्योरेन्सले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।