नेपाल इन्स्योरेन्सले भदौ ८ गते ७० औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बुधबार साउन १५ गते बसेको सञ्चालक समितिको बैंठकले भदौ ८ गते साधारण सभा गर्ने मिति गरेको हो । साधारण सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे हुने जनाएको छ ।
नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७ दशमलव ५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बीमा समितिबाट अस्वीकृत भएको थियो ।
बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश समितिबाट अस्वीकृत भएसँगै इन्स्योरेन्स कम्पनीको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्नेछ । यस आधारमा साउन २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।