IME Life New

दिव्या सेक्युरिटिज र खल्तीबीच सहकार्यपछि शेयर कारोबार झनै सहज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । दिव्या सेक्युरिटिज र खल्ती पे बीच सम्झौता भएको छ । सो सम्झौतासँगै दिव्या सेक्युरिटिजमार्फत शेयर कारोबार गर्नेहरूले मोबाईलबाटैै हितग्राही खाता (डिम्याट) र मेरो शेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

खल्ती र दिव्या सेक्युरिटिजको सहकार्यले डिम्याट तथा मेरो शेयर खातावालहरु कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्न पर्ने झन्झट अन्त्य हुने अपेक्षा खल्तीले लिएको जनाएको छ ।
दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि. विद्युतीय माध्यमबाट राफसाफ तथा फछ्र्यौट कार्य अगाडि बढाउनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेपाल स्टक एक्सचेन्जबाट सदस्यता लिएको एक शेयर कारोबारको मध्यस्थता गर्ने कम्पनी (ब्रोकर नं ५९) हो ।

Esewa
Crest

उक्त सम्झौताको बारेमा बोल्दै दिव्या सेक्युरिटिज एण्ड स्टक हाउसका प्रवन्ध निर्देशक रामप्रसाद आचार्यले खल्तीसँगको यस प्रकारको सहकार्य गरी डिम्याट र मेरो शेयर नवीकरण शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा उत्साहित रहेको बताए । उनले भने, “अब दिव्या सेक्युरिटिजका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै आफ्नो डिम्याट र मेरोशेयर खाताको नवीकरण शुल्क तिर्न सक्नुहुन्छ । यस प्रकारको डिजिटल भुक्तानी सेवाले ग्राहकहरुलाई सुविधा पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।”

खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले नेपालको सन्दर्भमा अहिले डिम्याट तथा मेरो शेयर खातावालहरु बैंक तथा ब्रोकर हाउसको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता रहेको बताए । “खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा प्रदान गर्नका लागि दिव्या सेक्युरिटिजसँग सहकार्य सुरु गरेको हो । हामीलाई आशा छ यो सहकार्य सँगै अब डिम्याट तथा मेरोशेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ ।” उनले भने ।

कसरी डाउनलोड गर्ने खल्ती एप ?
खल्ती एप खल्ती डटकम बाट डाउनलोड गर्न र डिम्याट तथा मेरोशेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिन्छ ।

के हो डिम्याट ? डिम्याट खाता कसरी खोल्न सकिन्छ ?
डिम्याट भनेको भौतिक रुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । शेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टिसिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको शेयरलाई विद्युतीयकरण गर्न सकिन्छ । साधारण शेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य हुन्छ ।

डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । तर, बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा शेयर जम्मा हुन्छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा ब्रोकर कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको शेयर सोहि खातामा जम्मा हुन्छ । खाता खोलेपछि आफ्नो खाता नम्बर तथा चेक बुक पाइन्छ ।

डिम्याट खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS