बीमा र आर्थिक क्षेत्रलाई मूल कार्यथलो बनाई सञ्चालनमा रहेको इन्स्योरेन्स खवरको सम्पादकमा नबराज न्यौपाने नियुक्त भएका छन् । डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय न्यौपानेले आजैदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।
क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले बीमा र आर्थिक क्षेत्रमा नयाँ प्रयोग गर्ने विश्वासका साथ न्यौपानेलाई सम्पादकमा नियुक्ती गरिएको जानकारी दिए । कार्यभार सम्हाल्दै नवनियुक्त सम्पादक न्यौपानेले इन्स्योरेन्स खवरलाई सिंगो बीमा र आर्थिक क्षेत्रको प्रतिनिधिमूलक समाचार संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।