IME Life New

शेयर शिक्षा :के हो डिवेञ्चर (ऋणपत्र) ? लगानी गर्न ठीक कि बेठीक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तोकिएको दर र समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने सर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अङ्कित मूल्य साधारणतः रु. १००० हुन्छ ।

Esewa
Crest

डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् ।

सङ्गठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र सङ्गठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ ।

कम जोखिम लिन चाहने लगानीकर्ताहरूको रोजाइमा डिबेञ्चर पर्छन् । डिबेञ्चरमा जोखिम निकै कम हुन्छ तर प्रतिफल स्थिर हुन्छ।

डिबेञ्चरलाई दोश्रो बजारबाट खरिद बिक्री गर्न सकिन्छ तर नेप्सेमा डिबेञ्चर कारोवार भएको खासै देखिदैन। नेप्सेले प्रत्यक हप्ता निष्कासन गर्ने साप्ताहिक समीक्षाको अन्त्यमा “यस सातापनि डिबेञ्चरको कारोवार नभएको” कुरा उल्लेख गर्छ र यो सधैँ चल्दै आएको छ। लामो समय मुद्दती निक्षेपमा रकम राख्ने लगानीकर्ताहरुलाई भने डिबेञ्चर लगानीको एउटा सुरक्षित औजार हुन सक्छ।

ऋणपत्रमा लगानी के गर्ने ?
लगानीकर्ता जो अन्य क्षेत्रमा लगानी गरेर राम्रो प्रतिफल लिन सक्नु हुन्छ उहाँकालागि ऋणपत्र राम्रो विकल्प हुन सक्दैन किनकि निश्चित वर्ष सम्म एउटा निश्चित ब्याजमा बस्नु पर्ने बाध्यता हुन्छ ।

तर लगानीकर्ता जो सँग पैसा संचित छ र धेरै वर्ष बैङ्कको मुद्दतीमा पैसा राख्ने योजना छ उहाँहरुको लागि भने ऋण पत्र एउटा राम्रो विकल्प हुन् सक्छ। भविष्यमा बैङ्कले दिने निक्षेपको दरमा कमी आउँन सक्छ तर ऋणपत्र जुन व्याज दरमा बिक्री खुल्ला गरिएको हो परिपक्क हुदासम्म पनि त्यहीं व्याज भुक्तानी हुन्छ । ऋणपत्रमा लगानी ठिक की बेठिक भन्ने कुरा लगानीकर्ताको प्रकृतिमा भर पर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS