IME Life New

नेपाल एग्रो माइक्रोफाइनान्सले आईपिओ जारी गर्ने, बिक्रि प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धितोपत्र बोर्डमा साधारण शेयर निस्काशन गर्नेहरुमा जलबिद्युत समूहको बाहुल्यता रहेको अवस्थामा लगानीकर्ताले आफ्नो लगानीलाई विविधिकरण गर्न पाउने भएका छन्। नेपाल एग्रो माइक्रोफाइनान्सले साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि एसबिआई मर्चेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

मंगलबार आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी रमेश घिमिरे र माईक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरे ।
पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो माइक्रोफाइनान्सले एक करोड ४४ लाख रुपैयाँ बराबरको एक लाख ४४ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो ।

Esewa
Crest

कम्पनीको जारी पूँजी ४ करोड ८० लाख रुपैयाँ छ । उक्त पूँजीको ३० प्रतिशत शेयर सर्वसाधरणलाई बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४ करोड ८० लाख पुग्नेछ । आइपिओपछि कम्पनीमा संस्थापको ७० प्रतिशत तथा साधारण शेयरधनीको ३० प्रतिशत स्वामित्व कायम हुनेछ ।

दश जिल्ला कार्यक्षेत्र रहेको नेपाल एग्रो माइक्रोफाइनान्सले २०७३ असोजदेखि सञ्चालनमा आएको हो । वित्तीय संस्थाले सल्यान, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, वाग्लुङपर्वत, कास्की, तनहुँ तथा लम्जुङ्ग गरी १० जिल्लाका २६ शाखाबाट करिब ८ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS