आँधिखोला लघुवित्त वित्तीय संस्थाले असार २२ गतेदेखि साधारण सेयर(आइपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याउने भएको हो ।
जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई छुटा्एको छ भने ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई छुटा्एको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।
उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २ हजार कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने छ ।
हालसम्म लघुवित्त १० जिल्ला कार्यक्षेत्रमा १९ वटा शाखा विस्तार गरी ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।