IME Life New

युनाइटेड इन्स्योरेन्स र वाणिज्य बैंकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेड बीच आईतबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेडबाट गर्न सक्ने छन् ।
बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे र कविराज अधिकारी, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, टेकराज जोशी, उद्धबप्रसाद खनाल, नरेशराज अर्याल, विभागीय प्रमुख महेन्द्रप्रसाद अवस्थी, युनाइटेड इन्स्योरेन्स कन्पनी (नेपाल) लिमिटेडका तर्फबाट का.मु.नायब महाप्रवन्धक जीवनकुमार उप्रेतीको उपस्थिती रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS