IME Life New

नागबेलीका शेयरधनिले आजबाट अंकित मूल्यमै शेयर पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नागबेली लघुवित्त वित्तीय संस्थाको शुक्रबार (साउन ४ गते) देखि १००% हकप्रद सेयर बिक्री खुला भएको छ । नागबेलीले १ः१ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद भदौ ७ गतेसम्म भर्न सकिनेछ । असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटलमा भने चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ । सेयरधनीले नेपाल धितोपत्र बोर्डवाट स्वीकृती सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा मार्फत पनि आवेदन गर्न सक्नेछन् ।

Esewa
Crest

हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता एक हजार २४५ रूपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS