IME Life New

एकै साथ ६ स्थानमा सिदार्थ इन्स्योरेन्सको शाखा संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं:सिदार्थ इन्स्योरेन्स लिमिटेडले आज विभिन्न ६ स्थानमा एकै पटक शाखा संचालनमा ल्याएको छ।  शाखा संचालन बिस्तारको क्रममा कास्कीको बुद्धचोक, सिरहाको मिरचैया, रौतहटको चन्न्द्रनिगाहपुर, सुनसरीको इनरुवा, बाराको निजगढ, मोरङको विराट चोकमा एकै पटक शाखा विस्तार गरेको छ।
इनरुवाको शाखा उद्घाटनमा सोही नगरपालिकाका मेयर राजन महत र सिदार्थ ईन्स्योरेन्स लिमिटेडका सहायक प्रबन्धक दीपक धूतले संयुक्त रुपमा गरेका  थिए।  यसै गरी निजगढ शाखाको उद्घाटनमा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार  खनाल र कम्पनीका  बरिष्ठ प्रबन्धक बद्री बहादुर अधिकारीले संयुक्त रुपमा गरेका छन्।

यी शाखा बिस्तार सगै कम्पनीको ६१  वटा शाखा तथा दुईवटा उपशाखा  भएको छ।  अब सातै प्रदेशमा आफनो शाखा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशु पन्छी सहित सम्पूर्ण  निर्जिवन बीमा सेवा प्रदान गर्ने  भएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS