IME Life New

मंगलबार नेप्से ८ अंकले घटेर १२०४को विन्दुमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: नेप्से परिसूचक साताको तेश्रो दिन मंगलबार ८  दशमलव ०५  अङ्कले घटेर १२०४  दशमलव ३१  अङ्कमा बन्द भएको छ। कारोबार रकम २०  करोड ६०  लाख पुगेको छ।

आज सबै भन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज होटलको परिसूचक सबै भन्दा धेरै २ दशमलव ८८ प्रतिशतले घटेको छ। आज सबै भन्दा धेरै ट्रेडिङ्ग क्षेत्रमा वृद्धि भएको छ। ट्रेडिङ्ग क्षेत्रको परिसूचक १ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ।आज ट्रेडिङ्ग ,फाईनान्स र  अन्य  क्षेत्रको उपसुचक मा  मात्र वृद्धि देखिएको छ।

Crest

आज सबै भन्दा धेरै नबिल बैङ्क लिमिटेडको शेयर ५ करोड ८१  लाख बराबरको शेयर किन बेच भयो।

नेपाल स्टक एकसचेन्जले साउन १ गते देखि जीवन बीमा र निर्जिवन बीमाको दुबैको उप सूचकलाई समेत अलग गरिएको  छ । जीवन बीमा र निर्जिवन बीमाको दुवैको सूचक ६,१९९.४५ कायम गरी अलग अलग समूह गराईएको थियो । बजार बन्द हुदा जीवन बीमाको सूचक ६१२५ दशमलव ३४  मा बन्द भयो भने निर्जिवन बीमाको सूचक ६१११ दशमलव ७८ विन्दुमा बन्द भयो।

आज सबै भन्दा धेरै रैराङ्ग हाईड्रोपावर सेयरमा ६ दशमलव ७६ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै बोटलर्स नेपाल (तराई )  को शेयर ५  दशमलव ८२  प्रतिशतले घट्न पुग्यो।

बजार अझै सुस्त छ , कारोबार रकम अझै बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS