इन्स्योरेन्स खबर/काठमाडौँ : नेप्सेमा आज प्रकाशित सूचना अनुसार हाल बिक्री गरिरहेको एफपिओले समेत पाउने गरी १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगत लाभास गरी कुल १५ दशमलव ७८ प्रतिशत लाभास प्रस्ताव गरेको छ।
कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रहेको छ। एफपिओबाट चुक्ता पुँजीमा १ अर्ब १४ करोड रुपैयाँ जोडिने छ। त्यसपछि कम्पनीको कुल पुँजी ७ अर्ब ७० करोड रहने र प्रस्तावित १५ प्रतिशत बोनस शेयरलाई पुँजीमा जोड्दा कम्पनीको पुँजी ८ अर्ब ७४ करोड पुग्ने छ।
प्रस्तावित लाभास नेपाल राष्ट्र बैङ्क बाट स्वीकृत र साधारण सभाबाट पारित हुन् बाँकी छ।