IME Life New

बिमितलाई मात्र होइन लगानीकर्तालाई पनि आकर्षक छ: नेपाल लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: जीवन बीमा कम्पनी मध्य लगानीकर्ताको माझ एउटा राम्रो छाप छोड्न सक्ने जीवन बीमा कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC ) पर्दछ।

कम्पनीले विगत देखिनै पुँजी वृद्धिमा आक्रमक भएको पाइन्छ।  अरू जीवन बीमा कम्पनीहरू बीमा समितिले तोकेको २ अर्ब पुँजीको लक्ष्य हासिल गर्न सङ्घर्ष गरिरहेको बेला नेपाल लाईफको पुँजी चार अर्ब ३९ करोड रुपैयाँ छ।  अठारौँ वार्षिक साधारण सभाबाट कम्पनीले आफ्नो अधिकृत पुँजी ८ अर्ब कायम गरेको छ।  व्यवसाय विस्तार सँगै कम्पनी पुँजी वृद्धिमापनि आक्रामक भएको इतिहासले देखाउँछ।  विगत देखिनै निरन्तर बोनस शेयर दिदै आएको यस बीमा कम्पनीका लगानीकर्ताले हकप्रद शेयरको भार ग्रहण गर्नु परेन।

Esewa
Crest

हेरौ नेपाल लाईफको ५ वर्षको लाभास : 

५ वर्षको अवधिमा कम्पनीले जम्मा २२२ प्रतिशत बोनस शेयर र ६७ दशमलव ६५ प्रतिशत नगद लाभास सहित जम्मा २८९ दशमलव ६५ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिएको छ।  ५ वर्षे इतिहासमा नगद लाभासको भन्दा बोनस शेयरको हिस्सा धेरै हुनुले पनि नेपाली लगानीकर्ताले नेपाल लाइफलाई विगतमा मन पराउँदै आएको पाइन्छ।

केही जीवन बीमा कम्पनीहरूले धेरै वर्ष सम्म लाभास प्रदान नगरेको पनि  इतिहास छ तर  नेपाल लाइफाले भने सबै आर्थिक वर्षको लाभास लगानीकर्तालाई प्रदान गरिसकेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS