इन्स्योरेन्स खबर/काठमाडौँ: स्टक एक्सचेञ्ज, केन्द्रीय निक्षेप सेवा तथा धितोपत्र व्यवसायीहरूले आफ्नो वार्षिक आम्दानीको एक निश्चित प्रतिशत रकम कर्मचारीको वृत्ति विकास तथा संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility-CSR) मा खर्च गर्नुपर्ने व्यवस्था बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा कुरा उल्लेख छ ।
गत वर्ष नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय सस्थाले आफ्नो खुद नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने र कर्मचारी खर्चको ३ प्रतिशत रकम कर्मचारीको वृत्ति विकासमा खर्च गर्नु पर्ने निर्देशन दिएको थियो।