IME Life New

नेप्से १० वर्ष अघिको उच्च विन्दुको टेवामा, अन्तिम समयमा घटेर बन्द 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेप्से परिसूचक साताको दोस्रो  दिन ४ दशमलव ८२  अङ्कले  घटेर ११७९  दशमलव ७१  अङ्कमा  बन्द भएको  छ।
११८४  दशमलव ५३  को बिन्दुमा खुलेको बजार  ११८७  दशमलव ०४  विन्दु सम्म पुगेपनि बजार बन्द हुने बेला अर्थात् २:३० देखि बजार फेरी घट्न सुरु भएको थियो।
आज बजार दिन भरीमा न्यून विन्दु ११७४  दशमलव ८३  सम्म पुगेको  थियो। कारोबार रकम हिजोको तुलनामा सामान्य वृद्धि भएर २० करोड ४५ लाख पुगेको छ।

आज सबै भन्दा धेरै हाईड्रोपावर  क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज हाईड्रोपावरको परिसूचक सबै  भन्दा धेरै ०  दशमलव ९३ प्रतिशतले घटेको छ। आज होटेल  र विकास बैङ्क बाहेक सबै समूह घटेका छन्।

Esewa
Crest

आज सबै  भन्दा धेरै ग्लोबल बैङ्क लिमिटेडको १ करोड  ७५ लाख बराबरको शेयर किन बेच भयो।

आज सबै भन्दा धेरै उन्नति  माईक्रोफाईनान्सका शेयरमा ६  दशमलव ०१  प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रैराङ्ग हाईड्रोपावरको  शेयर ७  दशमलव ३०  प्रतिशतले घट्न पुग्यो।

आज बजार खुलेबाट घट्दो ट्रेन्डमा  भए पनि १:३० बाट बजार माथि लाग्न थालेको थियो।  बजारले २०६५ सालको उच्च विन्दु ११७५ लाई बारम्बार परीक्षण गर्‍यो।  बजार ११७५ को बिन्दु बाट तल झर्न मानेन बरु त्यो बिन्दु बाट  बजार फर्किएर ११८७ सम्म पुग्यो तर अन्तिम समयमा आएको आपूर्तिले गर्दा बजार घट्न थाल्यो र बन्द हुँदा सम्म रातो भएर बन्द भयो।  ११७५ को बिन्दु बलियो छ तर बजारले बढ्न केही गारो मानिरहेको  कुरा प्रस्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS