इन्स्योरेन्स खबर/काठमाडौँ: सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनीहरू हुन्। दुई कम्पनी बिच इन्स्योरेन्स खबरको टिमले गरेको तुलनात्मक अध्ययन :
चुक्ता पुँजी :
सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख छ भने सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी ५३ करोड ८२ लाख छ। बीमा समितिले निर्जीबन बीमा कम्पनीहरूलाई १ अर्ब पुँजीको लक्ष्य दिएकोमा सिद्धार्थ इन्स्योरेन्सले अझै आफ्नो पुँजी १५ प्रतिशतले वृद्धि गर्नु पर्ने छ भने सगरमाथा इन्स्योरेन्सले अझै आफ्नो पुँजी ८६ प्रतिशतले वृद्धि गर्नु पर्ने छ।
जगेडा कोष :
सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा १२ करोड ७ लाख रुपैयाँ संचित छ भने सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ३८ करोड ८३ लाख रुपैयाँ संचित छ।
बीमा कोष :
दुई कम्पनीको बिच तुलना गर्दा सिद्धार्थ इन्स्योरेन्सको बीमा कोष बलियो देखिन्छ। सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा ५० करोड २९ लाख रुपैयाँ छ भने सगरमाथा इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ८७ लाख रुपैयाँ संचित छ।
कुल र खुद बीमा शुल्क आर्जन रकम :
सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब २९ करोड कुल बीमा शुल्क रकम आर्जन गरेको छ भने उसले ६५ करोड ६७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ त्यस्तै सगरमाथा इन्स्योरेन्सले १ अर्ब ३० करोड कुल बीमा शुल्क रकम आर्जन गरेको छ भने उसले ६५ करोड ७५ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
खुद नाफा :
यो ९ महिनाको अवधिमा सिद्धार्थ इन्स्योरेन्सले १८ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ भने सगरमाथा इन्स्योरेन्सले १७ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ।
भुक्तानी हुन् बाकी दाबी :
सिद्धार्थ इन्स्योरेन्सको ५८ करोड ५१ लाख बराबरको दाबी भुक्तानी हुन बाकी छ भने सगरमाथा इन्स्योरेन्सको ७१ करोड ३७ लाख बराबरको दाबी भुक्तानी हुन बाकी छ।
प्रति शेयर आम्दानी :
प्रति शेयर आम्दानीको मामलामा सगरमाथा इन्स्योरेन्स अगाडी छ। सगरमाथा इन्स्योरेन्स को प्रति शेयर आम्दानी ४२ दशमलव १७ रुपैयाँ छ भने सिद्धार्थ इन्स्योरेन्स को प्रति शेयर आम्दानी २७ दशमलव ७८ रुपैयाँ छ।
मूल्य आम्दानी अनुपात :
सगरमाथा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३० गुणा छ भने सिद्धार्थ इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २३ गुणा रहेको छ। सिद्धार्थ इन्स्योरेन्सको भन्दा सगरमाथा इन्स्योरेन्स महँगो छ यसको प्रमुख कारण भनेको सिद्धार्थ इन्स्योरेन्सको तुलनामा सगरमाथा इन्स्योरेन्सको पुँजी धेरैले वृद्धि गर्न बाँकी छ।
हेरौ सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको तुलनात्मक टेबल :
सबै निर्जीबन बीमा कम्पनीहरुको तुलनात्मक अध्यन हेर्न यहा क्लिक गर्नुस
प्रति शेयर आम्दानी निकाल्दा हकप्रद र बोनसलाई पुँजीमा समायोजन गरिएको र मूल्य आम्दानी अनुपात निकाल्दा जुलाई १ को बजार मुल्यको आधारमा गणना गरिएको।