IME Life New

माग पुरा नभए आन्दोलन गर्छौ ; अपर तामाकोशी शेयर सरोकार संयुक्त सङ्घर्ष समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: अपर तामाकोशीको  प्राथमिक निष्कासन (आइपिओ ) असार २४ गते देखि स्थानीयलाई निष्कासन हुने कुरा सार्वजनिक भए संगै  अपर तामाकोशी शेयर सरोकार संयुक्त सङ्घर्ष समितिले प्रेस विज्ञप्ति मार्फत असन्तुष्ट जनाएको  छ।
शेयर निष्कासन गर्न यो समय उपयुक्त नभएको र अपर तामाकोशीमा भएको भ्रष्टाचार र अस्वाभाविक लागत वृद्धि माथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालेको उजुरीकोकोपनि वेवास्था भएको कुराको जानकारी प्रेस विज्ञप्तिमा छ।

संयुक्त सङ्घर्ष समितिको माग  यस प्रकार छन् :
१ वार्गीक्रीत विभेद खारेज गर्ने
२ अधिकतम ३० हजारको सीमा घटाउने
३ विदेशमा रहेका दोलखालीले शेयर हाल्न पाउने सहज व्यवस्था गर्ने
४ गरिबलाई सहज ॠणको व्यवस्था गर्ने
५ माफियाको आँखा गाडिएको शेष शेयरको उचित व्यवस्थापन गर्ने
६ वडा वडामा शेयर सङ्कलन केन्द्र स्थापना गर्ने
७ देशभर छरिएर रहेका नेपालीहरूलाई शेयर आवेदन दिन सहज वातावरण बनाउनु पर्ने

Esewa
Crest

असार २० गते सम्म आफ्नो माग पुरा नभएमा असार २१ गते देखि सशक्त आन्दोलन घोषणा गर्ने जानकारी प्रेस विज्ञप्तिमा रहेको छ।

 

हेरौँ प्रेस विज्ञप्तिको पुरा पाठ :

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १ करोड ५ लाख ९० हजार कित्ता प्राथमिक शेयर एक सय रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो  । स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला रहने  छ ।

स्थानीयबासिन्दाले न्यूनतम ३० कित्ता देखि अधिकतम ३०० कित्ता  सम्म आवेदन दिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS