IME Life New

नेशनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद साउन १ गतेदेखि, हकप्रद पछि चुक्ता पूँजी २ अर्ब ६४ करोड पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद साउन १ गतेदेखि निष्काशन गर्ने भएको छ। असार २१ गतेसम्म कायम शेयरधनीले १० कित्ता बराबर ६ कित्ताको दरले भदौ ४ गतेसम्म हकप्रद आवेदन दिन पाउने छन्। प्रति साधारण शेयर एक सय रुपैयाँको दरमा कम्पनीले ९९ लाख ३६ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।

बीमा समितिले यही असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैया पुर्याउनुपर्ने निर्देशन दिएसँगै कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपेयाँबाट समितिले तोकेको भन्दा नाघ्नेछ।

Esewa
Crest

कम्पनीको पूँजी संरचना संस्थापक शेयर (नेपालीको) ४५ प्रतिशत, संस्थापक तर्फ विदेशी लगानीकर्ताको १० प्रतिशत, सर्वसाधारण शेयरधनीको ३५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको १० प्रतिशत रहेको छ। कम्पनीको हकप्रदलाई इक्रा रेटिङ “इक्रा एनपि आइपिओ ग्रेड ३” ग्रेडिंग गरेको छ, यो ग्रेडलार्इ तुलात्नामक रुपमा कम्पनीका आधारहरु राम्रो रहेको मानिन्छ ।

हकप्रद आवेदनकालागि एनआइविएल एस क्यापिटल तथा शाखा कार्यालयहरु, नेशनल लाइफको सम्पूर्ण शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट अनुमति पाएका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट भर्न पाइनेछ, असार २१ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS