IME Life New

नया निर्जीवन बिमा कम्पनीहरु संचालनको तयारीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिमा समितिबाट व्यवसाय सञ्चालनको लागि आशयपत्र प्राप्त गरेका नयाँ निर्जीवन बिमा कम्पनीले तोकेको अवधिभित्रै पुँजी कायम गरेका छन् । सानिमा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले समितिले तोकेका शर्त पूरा गरी बिमक दर्ता इजाजतपत्रको माग गर्दै समिति पुगेका हुन् ।
कम्पनीहरूले गत असोज ८ गते समितिबाट व्यवसाय सञ्चालनको लागि आशयपत्र प्राप्त गरेका थिए । बिमक दर्ता इजाजतपत्रको लागि समितिले कम्पनीहरूलाई तीनवटा शर्त पूरा गर्न तीन महिनाको अवधि दिएको थियो । कम्पनीहरूले तोकिएको अवधिमा १ अर्ब पुँजीमध्ये संस्थापकले ७० प्रतिशतका दरले हुन आउने ७० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने थियो । त्यस्तै उक्त रकमध्ये भविष्यमा आइपर्ने जोखिम बेहोर्नका लागि ५५ करोड रुपैयाँ ‘क’ श्रेणीको वित्तीय संस्थाको मुद्दती खातामा जम्मा गरी समितिको नाममा एयरमार्क गरी पेश गर्नुपर्ने शर्त राखेको थियो । साथै, बाँकी १५ करोड रुपैयाँ कम्पनीको कार्य सञ्चालन खर्चबापत बैंक खातामा राखी सोको स्टेटमेन्ट समितिमा पेश गर्नुपर्ने थियो ।
यस्तै, हाल सेयर लिन कबोल गरेका संस्थापकहरूमध्ये कुनै संस्थापकले सेयर लिन नसकेकोमा अन्य संस्थापकहरूले तोकिएको सीमाभित्र रही बाँडफाँड गरी सोको अद्यावधिक विवरण समितिमा पेश गर्नुपर्ने, साथै सो बमोजिम उक्त कार्य तीन महिनाभित्र हुन नसकेमा आशयपत्र स्वतः निष्क्रिय हुने समितिको शर्त थियो । समितिले तोकेको उक्त शर्तहरू कम्पनीहरूले पूरा गरेको समितिका उप निर्देशक शाम्बराज लामिछाने बताए । “कम्पनीहरूले शर्त पूरा गरिसकेका छन् । समितिको सञ्चालक समितिले निर्णय गरेपछि कम्पनीहरूले बिमक दर्ता इजाजतपत्र पाउनेछन्,” उनले भने ।
सञ्चालक समितिको निर्णयपछि निश्चित अवधि तोकेर इजाजतपत्र प्रदान गरिनेछ । उक्त अवधिमा कम्पनीहरूले नयाँ कम्पनीको भौतिक पूर्वाधार, निर्देशिका निर्माण, कर्मचारी नियुक्ति, कर्मचारी विनियमावली, पूर्नबिमा सम्झौता लगायतका आधारभूत काम सम्पन्न गरेपछि कम्पनीले व्यसवाय सञ्चालनको अनुमति पाउनेछ ।
बिमा व्यवसाय सञ्चालनको माग गर्दै २०६४-६५ सालमा नै चार निर्जीवन बिमा कम्पनीहरू रजिष्ट्रार कार्यालयमा दर्ता भएका हुन् । तर, समितिले अद्यावधिक भएर आउन दिएको निर्देशनलाई मनकामना इन्स्योरेन्सले भने पूरा गर्न सकेन ।
विगत १० वर्षदेखि लाईसेन्सको पखाईमा बसेका कम्पनीहरूलाई समितिले गत चैतको अन्तिममा लाइसेन्स वितरण गर्ने निर्णय गरेको थियो । समितिले रजिष्ट्रार कार्यालयमा दर्ता भएका १७ कम्पनीहरूलाई अद्यावधिक भएर आउन तीन साताको अवधि दिएको थियो । उक्त अवधिमा अधावधिक भइ १२ वटा जीवन बिमा र ४ निर्जीवन बिमा कम्पनीहरूले समितिमा लाइसेन्सका लागि निवेदन दिएका थिए । निवेदन दिएका जीवन बिमा कम्पनीमध्ये ९ वटा सञ्चालनमा आइसकेका छन् । यस्तै, दुईवटा कम्पनीले समयमा नै अद्यावधिक नहुँदा लाइसेन्स पाउन सकेनन् । महालक्ष्मी इन्स्योरेन्सले पनि समितिले दिएको अवधिभित्रमा पुँजी कायम गर्न सकेन ।
मुख्य सञ्चालक तथा संस्थापकहरू
सानिमा इन्स्योरेन्स कम्पनी 
अरुणकुमार ओझा
जुगल भुर्तेल
मोतिलाल दुगड
साम्भा लामा
जनरल इन्स्योरेन्स कम्पनी 
झपटबहादुर बोहरा
राजेन्द्रदास श्रेष्ठ
उपेन्द्र पौडेल
प्रेमनिधि ज्ञवाली
राजेन्द्रलाल बज्राचार्य
अजोड इन्स्यारेन्स
विनोदकुमार विष्ट
आजाद श्रेष्ठ
मीनमान श्रेष्ठ
राजेन्द्रकुमार कायस्थ
मीनबहादुर गुरुङ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS