IME Life New

आईएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद सेयर सेबोनबाट स्वीकृत, छिट्टै निस्कासन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १०ः८ अनुपात (१० शेयर बराबर ८) शेयरका दरले धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।बीमा समितिले तोकेको पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रदको सेयर निष्कासन गर्न लागेको हो। इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंगलबार ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।
५४ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सको उल्लेखित ८० प्रतशित हकप्रद शेयरको निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २0 लाख रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले २ करोड ८० लाख रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ।

Esewa
Crest

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीले पहिलो पटक ८० प्रतिशत हकप्रद निष्काशन गरेर त्यस पछि शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । अहिले इन्स्योरेन्सले तेस्रो पटक हकप्रद बिक्री गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS