काठमाडौं । काठमाडौंमा अटिजम स्कुल तथा रिसर्च सेन्टर बन्ने भएको छ।
काठमाडौं महानगरपालिकाले अटिजम स्कुल तथा रिसर्च सेन्टर भवन बनाउने भएको हो। भवन अनामनगर (हालको वार्ड नं २९ कार्यालय भवनको पूर्वतर्फ) बन्ने छ।
यो भवन ५ तलाको हुनेछ । जहाँ पर्याप्त खुला क्षेत्र र सुविधा सम्पन्न ८ जना क्षमताको लिफ्टको व्यवस्था हुनेछ भने पहेलो, दोस्रो र तेस्रो तलामा अटिजम स्कुल रहनेछ भने चौथो तलामा प्रशासन एकाइ र अटिजमसँग सम्बन्धित अनुसन्धान केन्द्र रहनेछ।
यो भवन लिफ्ट र अपांगमैत्री र्याम्प र वासरुम रहनेछ । यो भवनको निर्माण इक्युह्पाथ कन्स्ट्रक्सनले गर्नेछ।
भवनको हलको प्रारम्भिक निर्माण लागत ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँ रहने अनुमान गरेको छ। भवन निर्माण २०८३ मंसिर ३ गतेबाट सुरु गरी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
भवन निर्माणका बारेमा विभिन्न समयमा विज्ञसँग परामर्श गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।











