काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उच्च गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुन २ लाख ५७ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी चाँदीको भाउ तोलामा आज ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ११० रुपैयाँले घटेर ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।











