IME Life New

एक महिनाको तलब उद्धार कोषमा जम्मा गर्ने सन्दीप लामिछानेको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले रसुवा बाढीबाट प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्।

आफ्नो फेसबुक पेसबाट कप्तान लामिछानेले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्। हाल लामिछाने नेतृत्वका टोली एसीसी प्रिमियर कप खेल्न मलेसियामा रहेको छ।

Esewa
Crest

यस विषम परिस्थितिमा बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै लामिछाने प्रतियोगिताभर नेपालको प्रदर्शनलाई प्रभावित नेपालीका लागि समर्पित गर्ने बताए। उनले एसीसी प्रिमियर कपभरि नेपालले लिने हरेक विकेट तथा चौका र छक्काका लागि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि गरे।

एसीसी प्रिमियर कपको समूह चरणमा नेपालले बहराइन, साउदी अरेबिया, मलेसिया र हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS