IME Life New

बाढी प्रभावित बीमितको दाबी फछ्र्यौट यथाशीघ्र छिटो र सहज रूपमा गर्न कम्पनी तयारः ओरिएन्टल इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति ओरिएन्टल इन्स्योरेन्स कम्पनीले अत्यन्त दुःख व्यक्त गरेको छ । यस विपद्को घडीमा दिवंगत भएका मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा हराइरहेका सबै महानुभावहरूको खोजी कार्यमा शीघ्र सफलताको कामना गरेको छ ।

यस घटनाबाट घरबार तथा भौतिक संरचना लगायतका जीविकोपार्जनका साधनहरू गुमाएका सम्पूर्ण बीमित महानुभावहरूप्रति कम्पनीले सहानुभूति व्यक्त गरेको छ । यस विपद्को समयमा सबै प्रभावित बीमितहरूको दाबी फछ्र्यौट यथाशीघ्र छिटो र सहज रूपमा गर्न कम्पनी पूर्ण रूपमा तयार रहेको जनाएको छ ।

Esewa
Crest

सबै बीमित सम्पत्तिहरूको पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणको कार्यमा आवश्यक हातेमालो गर्न सदैव तत्पर रहेको बताएको छ । शीघ्र दाबी भुक्तानी प्रक्रियामा आवश्यक सहयोगका लागि केन्द्रीय दाबी विभागका सम्पर्क व्यक्तिहरूमनराज महर्जन सहायक प्रबन्धक मोबाइल नं ९८५१४२४४९९, सुमित्रा रेश्मी थामी पुनर्बीमा विभाग प्रमुख मोबाइल नं ९८५११५९४३६, प्रविन कुमार झाः दाबी विभाग प्रमुख मोबाइल नं ९८५५०३३८९९ मा सम्र्प गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, सेवाग्राहीहरूले हाम्रो वेबसाइटमार्फत पनि दाबीसम्बन्धी सूचना तथा आवश्यक विवरण पठाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS