काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज १० गते बुधबार माहाराजा रिपोर्टको सभाकक्ष बुटवल उप म.न.पा. वडा नं ११ मा सम्पन्न भएको हो ।
सभाले संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वित्तिय विवरण आषाढ मसान्त २०८२ को वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/०८ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन नगद प्रवाह विवरण लगायत सो संग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गरेको छ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आ।ब। २०८२/०८३ को लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्ध पत्रको दफा २ तथा नियमावलीको नियम २ संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।












