IME Life New

फौजदारी कसूरमा लघु बीमा कम्पनीका चारजना पूर्व सञ्चालक पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न भई फरार रहेका चार जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको आधारमा अनुसन्धान अघि बढाउँदै उनीहरूलाई सोमबार पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिका लगानी सदस्य काठमाडौँ महानगरपालिका वडा नं. ३२ निवासी ४२ वर्षिय सुभाष पौडेल, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक सदस्य ४१ वर्षिया सुनिता महर्जन, काठमाडौँ महानगरपालिका वडा नं. १६ निवासी, नेपाल माइक्रो इन्स्योरेन्स लि. को सञ्चालक सदस्य ४५ वर्षिय अनुप मालकार रहेका छन् ।

Esewa
Crest

यसैगरी काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका वडा नं. ८ स्थायी ठेगाना भई भुम्लुटार वडा नं. ६ बस्ने नेपाल माइक्रो इन्स्योरेन्स लि. को सञ्चालक सदस्य ३९ वर्षिया सुनिता श्रेष्ठ रहेका छन्।

उनीहरूमध्ये पाैडेल विरूद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसूर, महर्जनविरूद्ध धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूर, मालाकार र  सुनिता श्रेष्ठविरूद्ध बीमा ऐन, २०७९ अन्तर्गतको कसूरमा संलग्न रहेको अभियोग छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS