काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिले आउँदो असोज २ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०८०।८१ र २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।












