काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले २५ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले २ करोड ४६ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ८९.७५ प्रतिशतले घटेको छ।
शेयरपुँजी ७५ करोड रहेको कम्पनीको समीक्षा वर्षमा महाविपत्ति कोषमा १० लाख ४१ हजार रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ४३ लाख ८ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ करोड ७१ लाख ८५ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १० लाख ४१ हजार रुपैयाँ, अन्य इक्विटीमा ३ करोड १४ लाख १७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ३३ लाख २५ हजार रुपैयाँ थियो।
समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा १९ करोड ८७ लाख ७७ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ८ करोड ८५ लाख ९८ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १२४.३६ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड ५० लाख ७८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४३ करोड ५४ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३२.०७ प्रतिशतले बढेको छ।
कम्पनीले समीक्षा वर्षमा ४३ करोड ४० लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३३ करोड ९२ लाख ५४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २७.९३ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ०.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २.४१ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १०५.०९ रुपैयाँ रहेको छ।












